Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओलीको विकल्पमा महन्थलाई प्रधानमन्त्री बनाए मात्र बहुमतको सरकार बन्नसक्ने


    बुधबार, बैशाख २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प तयार गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनेबारे छलफल बढेको छ । ।

    ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका केही नेताहरु देखिएका छन् ।

    काँग्रेस नेता डा. शेखर कोइरालाले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका छन् ।

    माओवादीका केही नेताहरुले पनि यसबारे छलफल बढाएका छन् । तर, प्रधानमन्त्रीको दौडमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले यसमा सकारात्मक जवाफ दिएका छैनन् ।

    जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धको पक्षमा उभिएका छन् । 

    बहुमत पुर्याउन जसपाभित्र सत्ता समिकरणका लागि एकमत आवश्यक छ । त्यसका लागि महन्थ ठाकुरलाई मनाउनुपर्ने अवस्था छ । 

    जसपा प्रधानमन्त्री ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। 

    महन्थलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड सहमत भए कुरा मिल्न सक्ने देखिएको छ । त्यस्तो अवस्थामा जसपाका ३२ सांसद नै बहुमतको सरकार गठनको पक्षमा उभिन सक्छन् । काँग्रेसको ६१ र माओवादीको ४९ सांसद जसपाको सांसद संख्यासँग जोडिदा १४२ भई बहुमत पुग्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार