काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनु भएको छ ।
केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको आज यहाँ भर्चुअल माध्यमबाट विमोचन गर्दै उहाँले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।” सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उहाँको आरोप थियो । चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पार्नुभएको छ । यो प्रयास प्रशंसनीय र सह्रानीय छ ।”
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताउनुभयो । कोभिड सङ्क्रमित बिरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै उहाँले कोभिड न्यूनीकरणका लागि सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारी, चितवन उद्योग सङ्घका अध्यक्ष राजु पौडेल, चेम्बर अफ कमर्स, चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठ, एजेन्सीका अध्यक्ष किशोरचन्द्र सापकोटालगायतले बोल्नुभएको थियो ।
म्यागाजिनका सम्पादक सूर्यप्रसाद अधिकारीले गत वर्षको कोभिडका विषय अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । म्यागाजिनमा समग्र देशको प्रतिनिधित्व हुनेगरी चितवनका शिक्षा, स्वास्थ्य, उद्योग, कृषि पर्यटन विकास निर्माणलगायत क्षेत्रहरूमा कोभिडले पारेको असर, चुनौती र सम्भावनालाई उजागर गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो । ११२ पृष्ठ लामो रङ्गीन यस म्यागाजिनमा कोभिड–१९ को समयको शुरुआती समय, मध्यम समय र मत्थर भइसकेको अवस्थालाई मिहीन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend