काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखको विहानसम्म बहुमतको नयाँ सरकार निर्माणको आव्हान गरेकी छिन् ।
सो आव्हान बमोजिम देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर काँग्रेस, माओवादी र जसपाको संयुक्त सरकारका लागि निवेदन दिने तयारी समेत भएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देउवा र प्रचण्डसँग संयुक्त हस्ताक्षर गरी बहुमतको प्रधानमन्त्रीको आव्हान गर्न राष्ट्रपतिलाई आग्रह समेत गरेका थिए ।
तर, उक्त हस्ताक्षरप्रति ठाकुरले गम्भीर आपत्ती व्यक्त गर्दै मध्यराति विज्ञप्ति जारी गरे । यसले नयाँ राजनीतिक घटना विकास भएको छ ।
ठाकुरले कुनै हालतमा देउवालाई प्रधानमन्त्री बन्न नदिने निकटस्थसँग भनेको बुझिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसपाको नयाँ सरकार निर्माणमा कसैलाई साथ नभएको पत्र ठाकुरले बुझाउने निर्णय लिइसकेका छन् ।
यसरी हेर्दा देउवाको प्रधानमन्त्री बन्ने दौडमा जसपाका अध्यक्ष महन्थ ठाकुर बाधक बनेकाे देखिन्छ ।
माधवकुमार नेपाल पक्षका २० सांसदले राजीनामा गर्नुपर्ने र गरेपछि पनि उपेन्द्र यादवले देउवालाई प्रधानमन्त्री बनजाउन कम्तिमा १७ सांसदको साथ पाउनुपर्ने अवस्था सृजना भएको छ ।
योसँगै देउवाको प्रधानमन्त्री बन्ने सम्भावना कमजोर बनेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend