काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखको विहानसम्म बहुमतको नयाँ सरकार निर्माणको आव्हान गरेकी छिन् ।
जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुरले २७ वैशाखको मध्यराति विज्ञप्ति जारी गरी सरकारमा सहभागी नहुने बताएका छन् ।
अर्का अध्यक्ष उपेन्द्र यादवले बहुमतको सत्ता समिकरण गर्ने उद्देश्यसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयुक्त हस्ताक्षर गरेका छन् ।
ओलीको विकल्पमा देउवाले सरकारको नेतृत्व लिने तत्परता देखाइरहँदा ठाकुरको विज्ञप्तिले उनलाई रोक्न खोजेको देखिन्छ ।अब नयाँ सरकार बन्दा देउवाको नेतृत्वमा बन्ने सम्भावना कमजोर हुँदै गएको छ ।
जसपालाई सरकारको नेतृत्व दिन प्रचण्ड तयार भएपनि देउवा देखिदैनन् । देउवाले ओलीको विकल्प खोज्न जसपाको सरकारको नेतृत्व दाबीलाई मान्नुपर्ने हुन्छ । होइन भने ओली नै अल्पमतको प्रधानमन्त्री बनेर चुनावमा जान्छन् ।
अहिलेको सत्ता संघर्षले देउवा प्रधानमन्त्रीबाट रोकिने समभावना बढेर गएको छ ।
दौडमा ओली र डा. बाबुराम भट्टराईनै अगाडि देखिएका छन् । बाबुरामको विकल्पमा महन्थको सम्भावना पनि रहन सक्छ । तर, अबको प्रधानमन्त्रीको मुख्य प्रतिष्पर्धा ओली र बाबुरामबीच देखिएको छ ।