Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुढानिलकण्ठमा नयाँ सरकार गठनबारे विपक्षी दलको बैठक बस्दै


    मंगलबार, बैशाख २८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि छलफल सुरु गरेका छन्। 

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि सभापति देउवाले छलफल सुरु गरेका हुन्। 

    सभापति देउवाले नयाँ सरकार गठनका लागि आज विभिन्न दलका नेताहरुसँग आफ्नो निवास बुढानिलकण्ठमा छलफल गर्न लागेको बूढानीलकण्ठ स्रोतले जानकारी दिएको छ। 

    बैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरु सहभागी हुने स्रोतको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार