Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोकुल बाँस्कोटा भन्छन्- माधव नेपाललाई गल्ती सुधार्ने अझै अन्तिम एक मौका छ


    मंगलबार, बैशाख २८ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल पक्षका नेताहरुलाई गल्ती सुधार्ने अझै अन्तिम एक मौका रहेको बताएका छन्। 

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदै आएको सो पक्षले सोमबार प्रतिनिधिसभामा भएको विश्वासको मतको चुनावमा उपस्थित नजनाएर ओलीको बिरोध समेत गरेको थियो। 

    पार्टीको ह्वीप समेत उलंघन गरेका नेपाल पक्षका नेताहरुलाई कारवाही हुने सन्दर्भमा एमाले नेता बाँस्कोटाले कारवाहीलाई हतारो गर्नु नपर्ने र उनीहरु आफै साइड लाग्ने बताएका छन्। 

    आज बिहान सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले प्रधानमन्त्री ओली पदमुक्त हुँदा तिमीहरुले के जित्यौं ? भन्दै नेपाल पक्षलाई प्रश्न समेत गरेका छन्। 
     
    ट्वीटरमा उनले लेखेका छन्, ‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त।के जित्यौ ? हेक्का राखे हुन्छ त्यस्ताले, माछाले हज्जारौ फुल चुपचाप पार्छ । माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ। कार्वाहीको हतारो किन गर्नु र ? चीज आफै किल्लोर  हुँदै गईहाल्छ नि भन्या !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार