Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली सरकार ढलेसँगै सूर्य थापाको आक्रोस, नेपाल पक्षलाई दिए ‘पाखण्डीपन’ को संज्ञा


    मंगलबार, बैशाख २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आक्रोशित बनेका छन् ।

    सोमबार मतदानको अन्तिम नतिजा बाहिरिएको केही मिनेटमै सामाजिक सञ्जाल फेसबुकमा आक्रोस पोख्दै थापाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले पाखण्डीपन देखाएको आरोप लगाएका छन् ।

    उनले नेपाल-खनाल पक्षका २८ जना नेताको नामावली जारी गर्दै लेखेका छन्, ‘केही मान्छेहरूको जिन्दगी विरोधाभाषले भरिएको र रोचक पाइन्छ, आफ्नै पार्टीको सरकारविरुद्ध राजीनामा दिने हल्ला गर्छन्, सांसदहरूलाई तिनैले विरोधमा उकास्छन्, तथानाम बोल्छन्, अहोरात्र पार्टी कब्जा, विखण्डन र विभाजनको कृत्य गर्छन् र पार्टी एकताको आँसु पनि झार्दै तिनैले वार्ता गरेका कलविहीन नाटक पनि गरेका देखिन्छन् ? सायद यस्तैलाई पाखण्डीपन भनिन्छ होला ?’

    उनको लेख यस्तो छ : ‘केही मान्छेहरूकाे जिन्दगी विराेधाभाषले भरिएको र राेचक पाइन्छ,आफ्नै पार्टीकाे सरकारविरुद्ध राजीनामा दिने हल्ला गर्छन्, सांसदहरूलाई तिनैले विराेधमा उकास्छन्, तथानाम बाेल्छन्, अहाेरात्र पार्टी कब्जा, विखण्डन र विभाजनको कृत्य गर्छन् र पार्टी एकताकाे आँसु पनि झार्दै तिनैले वार्ताका कलाबिहीन नाटक पनि गरेका देखिन्छन् ! सायद यस्तैलाई पाखण्डीपन भनिन्छ हाेला?
    आज वैशाख २७ गते
    पार्टी ह्वीप उल्लंघन गर्नेहरू –
    १. योगेश भट्टराई
    २. झलनाथ खनाल
    ३. पवित्रा निरौला खरेल
    ४. भवानी खापुङ
    ५. जयकुमार राई
    ६ . यज्ञराज सुनुवार
    ७. गणेश पहाडी
    ८. विरोध खतिवडा
    ९. कृष्णलाल महर्जन
    १०. माधवकुमार नेपाल
    ११. जीवनराम श्रेष्ठ
    १२. नारायण खतिवडा
    १३. घनश्याम भुसाल
    १४. गोकर्ण विष्ट
    १५. सोमप्रसाद पाण्डे
    १६. मेटमणी चौधरी
    १७. झपट रावल
    १८. भीमवहादुर रावल
    १९. दिपकप्रकाश भट्ट
    २०. सुरेन्द्र पाण्डे
    २१. रामकुमारी झाँक्री
    २२. सरला यादव
    २३. पुष्पाकुमारी कर्ण
    २४ं कल्याणी खड्का
    २५.निरादेवी जैरु
    २६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी !)
    २७. लक्ष्मीकुमारी चौधरी
    २८. मुकुन्द न्यौपाने
    अब त वास्तविक मुहार स्पष्ट भयाे नि !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार