Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • संसदले आदेश दिए आफू सरकारको नेतृत्वमा नरहने प्रधानमन्त्री ओलीकाे टिप्पणी


    सोमबार, बैशाख २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आदेश दिएमा आफू सरकारको नेतृत्वमा नरहने टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै ओलीले संसदले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने टिप्पणी गरेका हुन् ।

    ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ’ उनले भने, ‘यसमा कुनै जालझेल षड्यन्त्र छैन ।’

    सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि आफूले सबै पक्षलाई अघि बढाउँछु भन्ने हिसावले विश्वासको मत मागेको पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार