Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपेन्द्रकाे आक्रामक मन्तव्य, दरिद्र नेपाल दुःखी नेपाली बनाउनु भयो, के आधारमा विश्वासको मत दिने ?


    सोमबार, बैशाख २७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दरिद्र नेपाल दुःखी नेपाली बनाएकाे आरोप लगाएका छन्।

    आज प्रतिनिधिसभालाई सम्बाेधन गर्दै यादवले यस्ताे आरोप लगाएका हुन् ।

    अध्यक्ष यादवले कोरोना रोकथामकाे नियन्त्रण गर्नेबेला अयोध्यापुरीमा रामसीताको मूर्ति स्थापना गरेर प्रधानमन्त्री ओलीले कोरोनाको धज्जी उडाएको बताए।

    नागरिकताकै कारण पनि मधेशीहरु थप दुखमा परेको बताउँदै यादवले सांसदहरु अपहरणदेखि निर्मला पन्त, महिला हिंसा, दलित हिंसालगायतका कुरामा सरकार पूर्ण असफल भएको दाबी समेत गरे।

    मुलुकको शासन प्रणाली नै सेटिङमा चलेको भन्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने प्रधानमन्त्रीज्यू दरिद्र नेपाल दुखी नेपाली बनाउनु भयो कसरी विश्वासको मत दिने ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार