Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हामी राजनीतिक रुपमा भेदभावमा छौं: महन्थ ठाकुर


    सोमबार, बैशाख २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरू राजनीतिक रुपमा भेदभावमा भएकाे टिप्पणी गरेका छन् ।

    आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिएकाे बताउँदै ठाकुरले प्रस्तावको पक्ष अथवा विपक्षमा दुवैतिर नभएकाे बताएका छन् ।

    आफूहरू राजनीतिक रुपमा पीडित भएकाे बताउँदै उनले आफ्ना सांसद जेलमा रहेकाेमा दु:ख समेत व्यक्त गरेका छन् ।

    अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारिखमा बस्ने अवस्था रहेको उनले बताए । ‘प्रदेशका सांसद तारिखमा छन् । मेयरहरु तारिखमा छन् । सयौं कार्यकर्ता जेलमा छन् । यो संविधानले गर्दा’, उनले भने । 

    ठाकुरले जातीय, क्षेत्रीय र लैंगिक आधारमा विभेद कायमै रहेकाले जसपा अहिलेको कोर्समा तटस्थ बस्न चाहेको बताए ।

     
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार