काठमाडौं । नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाे छ ।
माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाे माओवादीका सांसद देवेन्द्र पौडेलले बताए ।
नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै पौडेलले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए ।