Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई दिएको अल्टिमेटम सकियो, सिंहदरवारमा नेपाल पक्षका सांसदहरुको बैठक बस्दै


    सोमबार, बैशाख २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । 

    हिजो (आइतबार) बसेको नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि ओलीलाई आज बिहान ९ बजे सम्मको अल्टिमेटम दिएको थियो ।

    अल्टिमेटमा अध्यक्ष ओलीले गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्नु पर्ने र नेपालपक्षका अन्य मागहरुलाई सम्बोधन गर्नुपर्ने थियो । तर यो समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि नेपाल पक्षले सांसदको बैठक बोलाएको छ ।

    नेपाल पक्षका सांसदहरुले राजीनामाका विषयमा छलफल गर्न साढे ९ बजे  संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्दै छ ।

    आजको बैठकमा नेपाल पक्षका नेता झलनाथ खनाल पनि सहभागी हुने बताएका छन्। कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट फर्किएका खनालले आजैबाट सक्रिय राजनीति उल्लेख गर्ने बताएका थिए।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार