Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिपक मनाङेले १२ दिनमै गुमाए मन्त्री पद


    सोमबार, बैशाख २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएसँगै १२ दिन अघि मात्र मन्त्री बनेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको मन्त्री पद गुमेको छ ।

    मुख्यन्त्री गुरुङले आफ्नो सरकार बचाउनकै लागि मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । अन्ततः गुरुङ राजीनामा दिन बाध्य भएपछि मनाङ्गेको मन्त्री पद पनि गुमेको हो ।

    यद्यपी मन्त्री नियुक्त भएकै दिन मनाङ्गेले दुई हप्तामै यो सरकार ढल्न सक्ने बताएका थिए ।

    आफुविरुद्ध दर्ता भएको अविश्वासको मतविरुद्ध बहुमत पुर्याउन नसक्ने भएपछि गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीता पौडेललाई उनले राजीनामा बुझाएका हुन् अविश्वासको मतमा आज मतदान हुँदैछ ।

    मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु स्वत: पदमुक्त भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार