Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल समूहले सहमति साथ अघि बढ्न ओलीलाई भोलि बिहान ९ बजेसम्म कुर्ने


    आइतबार, बैशाख २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ मा फर्किन सोमबार बिहान ९ बजेसम्म पर्खने भएकाे छ ।

    आइतबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षीय सांसदको बैठकले अध्यक्ष ओलीलाई  सहमतिका साथ पार्टीलाई अगाडि बढाउन र २०७५ जेठ २ मा फर्किन भोलि बिहान ९ बजेसम्मको समय दिएको स्राेतले जानकारी दिएकाे छ ।

    उक्त समयमा नेपाल पक्षकाे मागको सुनुवाइ भए आफूहरु प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने नेपाल पक्षले बताएकाे छ ।

    पार्टीलाई २०७५ जेठ २ मा फर्कने र आगामी दिनमा सहमति साथ अघि बढ्ने कुरामा ओलीले प्रतिवद्दता नजनाए भोलि साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिने तयारी भएकाे स्राेतकाे दावी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार