Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपामा ह्वीप नलाग्ने, बाबुराम-उपेन्द्र पक्षले ओलीको विपक्षमा मत दिने


    आइतबार, बैशाख २६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् ।

    पार्टी पदाधिकारीहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेसँगै सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका हुन्। 

    संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मत दिने भएकाे छ भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष तटस्थ बस्ने भएका छन् ।

    आइतबार बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए र तटस्थ बस्ने बताएका थिए ।

    मध्यमार्गी सहमति खोज्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको स्राेतले बताएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार