काठमाडाैं । सत्ता समिकरणमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टीका नेताहरूको दौडधुप बढेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
जसपाका शीर्ष नेताहरू संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको निवास टोखामा आन्तरिक रणनीति बनाउन छलफलमा जुटेकाे स्राेतले जानकारी दिएकाे छ।
अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आज प्रधानमन्त्री ओली र सभापति देउवालाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उक्त भेटमा उनीहरूले जसपा तटस्थ बस्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने बताइरहेका छन्।
जसपामा अध्यक्ष भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्नेमा छन् भने अध्यक्ष ठाकुर भने यसबारे तटस्थ बस्नुपर्नेमा छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend