Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाकाे तटस्थ बस्ने निर्णय, ओलीले विश्वासको मत नपाउने पक्का


    आइतबार, बैशाख २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताएका छन्।

    देउवासँग झन्डै डेढ घन्टा कुराकानी गरेका ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना माग सम्बोधन नभएकाे भन्दै विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

    आज बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए।

    आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता के हुँदैछ भन्ने ठाकुर र महतोकाे प्रश्नकाे जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा गर्नुपर्ने खालका रहेको बताएका थिए

    यस्तै अध्यक्ष ठाकुर र महतोलाई प्रधानमन्त्री ओलीले विश्वासको मतबारे कुरा के हो भनेर सोधेका थिए।

    आफूहरुकाे माग सम्बोधन नभएकाे बताउदै ठाकुर र महतोले ओलीलाई विश्वासको मत नदिने तर विपक्षमा पनि मत नदिइ आफूहरु तटस्थ बस्ने बताएको बालुवाटार स्रोतले बताएको छ ।

    अर्का अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुपर्नेमा पहिलैदेखी उभिएका छन् याे अवस्थामा अब जसपाले ओलीलाई विश्वासको मत नदिने  लगभग निश्चित देखिन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार