Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले विश्वासको मत लिने अघिल्लो दिन महन्थ र राजेन्द्रकाे दौडधूप, बुढानिलकण्ठबाट सोझै बालुवाटार


    आइतबार, बैशाख २६ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्ता समिकरणमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टीका नेताहरूको दौडधुप बढेको छ।

    आइतबार बिहानमा जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए।

    देउवासँग झन्डै डेढ घन्टा कुराकानी गरेका ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको स्रोतले बताएकाे छ ।

    उनीहरू बुढानिलकण्ठबाट सोझै बालुवाटार पुगेका हुन्।

    ३४ जना (दुई निलम्बित) सांसद रहेको जसपामा ओली सरकारलाई समर्थन गर्ने कि अर्को सरकार बनाउने भन्नेमा दुई धार छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार