काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पनि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । राजनीतिक घटना परिघटना छिनछिनमा परिवर्तन भइरहेको बेला ओलीले मन्त्रिपरिषद बैठक आज साँझ ५ बजेलाई बोलाएपछि अनेक अड्कलबाजी सुरु भएको छ । एक मन्त्रीले साँझ मन्त्रिपरिषद बैठक बोलाएको बताएका छन् । तर उनले बैठकका एजेण्डा पनि नखुलाइएको बताए ।
सोमबार प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीले एकातर्फ पार्टीभित्रका माधव नेपाल पक्षसँग वार्ता गरी उनीहरुलाई अल्मल्याउने र आफूबिरुद्धको अविश्वास प्रस्ताव दर्ता नहुन नदिने खेल खेलिरहेका छन् । उनी माधव नेपालहरुले राखेको एजेन्डामा सहमत हुन तयार छैनन् । तर पनि वार्ताको नाटक गरी अल्मल्याउन खोजिरहेका छन् ।
नियमित मन्त्रिपरिषदको भने बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले मन्त्रीहरु समेत अन्योलमा परेका छन् ।
प्रधानमन्त्री ओली माधव नेपालप पक्षको एजेन्डामा सहमत नहुने र माधव नेपाल पक्ष उधारोमा ओलीलाई साथ नदिने तहमा पुगिसकेका छन् । माधव नेपाल पक्षले सामूहिक राजीनामा दिएमा सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएको सुइको पाएपछि ओली संसद २७ गतेको संसद अधिवेशन नै स्थगित गर्ने निष्कर्षमा पुगेको स्रोतले बताएको छ । संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको र २२ सांसद संक्रमित भएको बहाना बनाउँदै उनले संसद अधिवेशन स्थगित गर्नका लागि मन्त्रिपरिषद बैठक बोलाएको स्रोतको दाबी छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend