काठमाडौं । कोरोना महामारीले भयावह रुप लिइसकेको छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक ४ हजार भन्दा बढी संक्रमित हुन थालेका छन् । त्यो पनि लक्षण देखिएपछि पीसीआर दिनेहरुको संख्या हो । यदि कन्ट्याक्ट ट्रेसिङ र समुदायस्तरमा परीक्षण गर्ने हो भने कोरोना संक्रमणको अवस्था कहालीलाग्दो छ । कोरोना संक्रमितका लागि अस्पताल, अक्सिनसहितको आइसियु बेड अभाव छ । आइसियुको अभावमा संक्रमित छटपटाउँदै नागरिकको अस्पताल प्रांगणमै मृत्यु भइरहेको छ । कतिपयको बेड अभावमा एम्बुलेन्समै मृत्यु भएको छ । नागरिकको जीवनरक्षाको दायित्व बोकेको केपी ओली नेतृत्वको सरकार भने सत्ता जोगाउन साम दाम दण्ड भेदको नीति अंगिकार गरिरहेको छ । कोरोना महामारीबाट नागरिक बचाउने ठोस उपाय सरकारले केही गर्न सकेको छैन । सूरज बैद्यजस्ता कमिसन एजेन्टको मतियार सरकारले एक महिनाअघि आइसक्नुपर्ने खोप ल्याउन बिलम्ब गरी नागरिकलाई थप आहत पारेको छ ।
यसैक्रममा नागरिकको जीवनरक्षा गर्ने दायित्वबाट बिमुख भएर सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्नका लागि बैठक बोलाएको छ । आइतबार बोलाइएको उक्त बैठकमा संवैधानिक परिषदका सदस्य सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । तर प्रधानमन्त्री ओली भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई राखेर बहुमतका आधारमा नियुक्ति सिफारिसको तयारीमा छन् । लोकसेवा आयोगमा गएको चैत १० देखि अध्यक्षसहित सबै पद खाली छ । अख्तियारमा २ आयुक्त खाली छ । अरु आयोगमा सदस्यहरु खाली छन् ।
यसैगरी, अल्पमतमा परिसकेको ओली सरकारले सत्ताको दुरुपयोग गर्दै बिहीबारको मन्त्रिपरिषद बैठकबाट किसान आयोगमा प्रेम दंगालसहितका आधा दर्जनलाई भर्ति गरेको छ । कोरोना महामारीमा जनता उपचार नपाएर छटपटाउँदै गर्दा ओली भने दिनहुँ मन्त्रिपरिषदको बैठक राखी नियुुक्ति गर्न तल्लीन छन् । उनले बिहीबारको बैठकबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा कृष्णप्रसाद ओलीलाई नियुक्ति गरेका छन् । जबकि कोषको अध्यक्ष वन तथा वातावरण मन्त्री हुने प्रचलन रहिआएको छ । ओलीका दाजुभाइलाई जागिर दिन अनावश्यक ब्ययभार बढाउने कार्य ओलीलेृ गरेका छन् ।
यसैबीच, नेकपा एमाले नेता माधवकुमार नेपालले गलत बाटो प्रयोग गरी अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । अध्यादेशमार्फत् बलमिच्याइँ नगर्न ओलीलाई नेपालले सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले ओलीको ध्यानाकर्षण गराएका छन् । उनले अहिले मुलुकको ध्यान कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने पनि औंल्याएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend