Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दै


    शनिबार, बैशाख २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो बस्दै छ। संसदीय दलको बैठक दिउँसो २  बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने छ ।

    वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा रणनीति बनाउन बैठक बस्न लागेको हो । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने छन् ।

    पछिल्लो राजनीति घटनाक्रमका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । यसअघि मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार