हेटौंडा । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा डा. खिमलाल देवकोटा र रामबहादुर थापा ‘बादल’ काे भिडन्त हुने पक्का भएकाे छ ।
शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हाे ।
बादल उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा पुगिकेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्।
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।