Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वार्ता र लचकताकाे पक्षमा छाैं, कुनै सहमति भएको छैनः बरिष्ठ नेता नेपाल


    शुक्रबार, बैशाख २४ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संस्थापन पक्षसँग कुनै पनि सहमति नभएको प्रष्ट पारेका छन् । नेता नेपाल र प्रधानमन्त्री केपी ओलीबीच बिहीबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा सहमति भएको समाचार सार्वजनिक भएको समाचार केही मिडियाहरुले सार्वजनिक गरेका थिए ।

    शुक्रबार बिहान ओलीसँग सहमति भएको समाचार आएपछि नेता नेपालले केहीबेर अघि सामाजिक संजालमा कुनै सहमति नभएको उल्लेख गर्दै लेखेका छन्–‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन ।

    २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।  यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार