Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • राष्ट्रियसभा निर्वाचनः पराजीत हुने देखिएपछि गृहमन्त्री बादल ब्याक हुँदै 


    शुक्रबार, बैशाख २४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी जेठ ६ गते हुन लागेको बागमती प्रदेशको राष्ट्रियसभा सांसदको निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई एमालेले उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । तर एमालेकै माधव नेपाल समूहले खिमलाल देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीकै साझा उम्मेदवार बनाएपछि बादल पराजीत हुने भएकाले उम्मेदवार नहुने मनस्थितिमा पुगिसकेका छन् । राष्ट्रियसभाको निर्वाचनको लागि आज मनोनयन दाखिलाको समयतालिका छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीमाथि माधव नेपाल पक्षसँग वार्ता गरेर राष्ट्रियसभामा सहमतिका साथ उम्मेदवार बनाउन दबाब बढेको छ । एमालेका दोस्रो तहका नेताहरु बिष्णु पौडेल लगायतले ओलीलाई पार्टी एकताका लागि लचिलो भएर राष्ट्रियसभामा साझा उम्मेदवार बनाउनुपर्ने पक्षमा आग्रह गरिरहेका छन् । तर माधव नेपाल पक्ष प्रधानमन्त्री ओली २०७५ जेठ २ मा नफर्किएसम्म पार्टीमा सहमति हुन नसक्ने अडानमा छ ।

     बादल पराजीत हुने निर्वाचनमा उम्मेदवार हुने पक्षमा छैनन् । यस्तो अवस्थामा देवकोटालाई नै उम्मेदवार स्वीकार गर्ने बिकल्प एमालेसँग छ । माधव नेपाल समूहसँग सहमति नभएमा बादलको ठाउँमा अर्कै ब्यक्ति उठाउने तयारी ओलीको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार