Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • राष्ट्रियसभा उपनिर्वाचन : आज उम्मेदवारी दर्ता हुँदै, हच्किएका बादलको विकल्प को ?


    शुक्रबार, बैशाख २४ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौँडा। आगामी जेठ ६ गते हुने बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । 

    निर्वाचन आयोगका अनुसार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने सकिने छ ।

    यसअघि माओवादी केन्द्रले पार्टी परित्याग गरि नेकपा एमालेको ओली पक्षमा प्रवेश गरेका रामबहादुर थापा बादललाई कारबाही गरेपछि बागमती प्रदेशमा एउटा पद रिक्त भएको थियो ।

    प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र  २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।

    तर, यसअघि एमालेको ओली पक्षले बादललाई नै उमेदवारीको लागि अघि सारेको थियो भने विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्ष)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    तर, पछिल्लो समय सत्तारुढ दल एमालेले सुरुमा थापालाई उम्मेदवार बनाउने तयारी गरेपनि एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा उभिएपछि बादल उम्मेदवार बन्न हच्किएको पाइएको छ । यदि बादल हच्किएको हो भने  उनको विकल्पमा को ?

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार