Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको रणनीति असफल पार्न नेपाल र देउवाबीच बूढानीलकण्ठमा छलफल


    बिहिबार, बैशाख २३ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले वैशाख २७ गते संसदमा लिने विश्वासमतलाई कसरी असफल बनाउने भन्ने विषयमा रणनीति बनाउन माधव कुमार नेपाल बूढानीलकण्ठ पुगेका स्राेतले जानकारी दिएकाे छ ।

    ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् । आफू निकट नेताहरुसहित ओली पनि बूढानिलकण्ठ पुगेका थिए ।

    स्रोतका अनुसार आगामी राष्ट्रियसभा उपचुनावमा गठबन्धन गरेर अघि बढ्ने तयारीमा रहेका कांग्रेस सभापति देउवा र एमाले नेता नेपालबीच देउवा निवासमा छलफल भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार