Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभाको उपचुनावमा देवकोटा र बादलको भिडन्त


    बुधबार, बैशाख २२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा खिमलाल देवकोटा र रामबहादुर थापा ‘बादलको भिडन्त हुने भएकाे छ ।

    स्राेतका अनुसार विपक्षी दलले देवकोटालाई राष्ट्रिय सभा उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने सहमति गरेकाे छ।

    यता केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ ।

    उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

    पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो ।

    देवकोटा कुन चुनाव चिन्हबाट उठ्ने भन्ने टुंगो भने भइसकेको छैन। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार