काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई किनारामा धकेल्नकै लागि बैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेका छन् । विश्वासको मत लिइसकेपछि आफूहरुमाथि झन् पेल्ने र सांसदबाटै निकाल्ने तयारीको सूचना पाएपछि माधव नेपालसहितका नेताहरु २७ गतेअघि नै सामूहिक राजीनामा दिने तहमा पुगिसकेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित २१ जना सांसदले राजीनामाको तयारी गरेका छन् । विश्वासको मत लिनुअघि पार्टी एकताका लागि ओली तयार नभएमा राजीनामा दिने संकेत नेतृ रामकुमारी झाँक्रीले पनि गरेकी छन् । माधव नेपाल र झलनाथ खनाल पक्षधर प्रत्यक्ष निर्वाचित २१ जनाले राजीनामा दिएमा ओली सरकार ढल्छ त ? २१ जना नेकपा एमालेका सांसदले राजीनामा दिएमा एमालेसँग १ सय सांसदमात्र रहनेछन् । एमाले संसदमा सबैभन्दा ठूलो दल कायमै रहन्छ । तर, बहुमत सिद्ध गर्न प्रधानमन्त्री गाह्रो हुन जानेछ ।
माधव नेपाल पक्षका २१ सांसदले राजीनामा दिएमा प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न १२३ सांसद भए पुग्छ । ओलीलाई बहुमतका लागि २३ सांसद आवश्यक पर्नेछ । काँग्रेस र माओवादी केन्द्र त आउने कुरै भएन, जसपाका पनि सबै सांसद ओलीको पक्षमा आउँदैनन् । जसपाको ३२ मध्ये २३ सांसद तान्न ओलीलाई निकै गाह्रो छ । किनकि लुम्बिनी प्रदेशको अविश्वास प्रकरणपछि जसपामा मोहम्मद इस्तियाक राईहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग टाढिन पुगेका छन् ।
जनमोर्चाले ओलीलाई सहयोग नगर्ने स्पष्ट छ । नेमकिपाको मत ओलीले पाउने नपाउने प्रष्ट छैन । ओली सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने ढोका पनि काँग्रेस, माओवादी र जसपाको उपेन्द्र–बाबुराम पक्षका कारण बन्द हुनेछ ।
एमालेका २१ जनाको राजीनामाले प्रतिनिधिसभामा बाँकी हुने २४५ सिट संख्या मध्ये बहुमत अर्थात् १२३ पुग्न काँग्रेस र माओवादीलाई अर्को कुनै दलबाट १३ सिट भए पुग्छ । ३२ सिट रहेको जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधरबाट त्यो संख्या पुग्न सक्छ । ओलीलाई रोक्ने यही गणितले माधव नेपाल पक्ष राजीनामा दिने मनस्थितिमा पुगेको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend