Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई रामकुमारी झाँक्रीकाे चेतावनी अहंकार र दम्भ नछाड्ने हाे भने पतनकाे दिन टाढा छैन


    बुधबार, बैशाख २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। एमालेकी नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई दम्भ,अहंकार र जिद्दी नछाड्ने हाे भने ओलीकाे पतनकाे दिन टाढा नभएकाे बताउदै चेतावनी दिएकी छन् ।

    सञ्जाल फेसबुकमार्फत् स्टाटस लेख्दै उनले हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ भन्दै यस्ताे बताएकी हुन् ।

    उनले लेखेकी छिन्,’हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    माओवादीले समर्थन फिर्ता लिएसँगै अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने देखिन्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार