Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई रामकुमारी झाँक्रीको सुझावः सत्यनास हुनबाट र डुब्नबाट जोगिनु छ भने किनारा खोज


    बुधबार, बैशाख २२ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ मा विश्वासको मत लिने भएका छन् । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन पनि बोलाइसकेकी छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि आफ्नै पार्टीभित्रको एकमना एकता कायम गरेर जानुपर्ने हुन्छ ।

    ओलीले एमालेभित्रका माधव नेपाल र झलनाथ खनाल समूहका सांसदलाई पद र प्रलोभन दिंदा पनि ३८ सांसद टसको मस नभएको अवस्थामा उनले विश्वासको मत लिनका लागि आफ्नो पार्टीको एकमना एकता बचाउनुपर्छ । त्यो एकमना एकता बचाउनका लागि एमालेलाई २०७५ जेठ २ को अवस्थामा लानुपर्ने माधव नेपाल समूहकोस सर्त छ । त्यो सर्त नमाने ओलीलाई विश्वासको मत लिन सहज छैन ।

    जनता समाजवादी पार्टी सिंगै आउने अवस्था छैन । फुटाएर राजपा धार ल्याउँदा माधव नेपाल पक्षका प्रत्यक्ष निर्वाचित २२ जनाले राजीनामा दिएमा ओलीले विश्वासको मत लिन कठिन छ । माधव नेपाल पक्ष ओलीले किनारामा धकेलेपछि अब मर्ता क्या नहीँ कर्ताको अवस्थामा पुगेको छ । 

    एमालेकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले सामाजिक संजालमा आफूलाई डुबाए ओलीलाई नि डुबाउने उद्घोष गरेकी छन् । बुधबार दिँउसो उनले सामाजिक सजाल फेसबुकमा ओलीतिर  संकेत गर्दै लेखेकी छन्–‘हामी त डुब्छौं नैं । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी छोड । 
    हिन्दीमा एउटा कहावत छ–हम तो डूबेंगे ही सनम, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुडों ।’ चर्चित नेतृ झाँक्रीले लेखेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार