Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • राष्ट्रपतिज्यू , ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु लोकतन्त्रको दुर्भाग्य हो : गगन थापा


    बुधबार, बैशाख २२ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री गगनकुमार थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेश ल्याउनु अराजनीतिक रहेको भन्दै जारी अध्यादेशप्रति आपत्ति जनाएका छन् ।

    नेता थापाले संविधानविपरीत हुने गरी सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले ओलीलाई साथ दिनु दुर्भाग्य भएको टिप्पणी समेत गरे।

    सामाजिक सञ्जालमा मंगलबार बेलुका पूर्वमन्त्री थापाले राष्ट्रपति प्रधानमन्त्रीको राजनीतिक चरित्रको मतियार बन्नु नै लोकतन्त्रको दुर्भाग्य भएको उल्लेख गरेका छन्। 

    ट्वीटरमा उनले लेखेका छन् ,’विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ। राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’

     मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धीलगायत ७ वटा अध्यादेश जारी गरेकी थिइन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार