निर्मल बाबु लामिछाने/ काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टार्गेट गर्दै धमाधम एक्सन लिएका छन्।
प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै माओवादी कोटाबाट नियुक्ति पाएकाहरुलाई फिर्ता बोलाउँदै आफू अनुकूलका मान्छे भर्ती गर्न थालेका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसँग पछिल्लो समया तालमेल नमिल्दा प्रधानमन्त्री ओलीले प्रचण्ड निकट रहेका अष्ट्रेलियाका राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएका छन्।
यसअघिका राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि २०१९ नोभेम्बरमा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत बनाएको थियो।
राजदूत दाहालसँगै नियुक्ति भएका अन्य राजदूतहरुलाई भने थमौती राख्दै प्रधानमन्त्री ओलीले दाहाललाई फिर्ता बोलाएका हुन्। उनको यो निर्णयमा सम्बन्धित मन्त्रालयको भन्दा पनि प्रधानमन्त्री ओलीको स्वार्थले बढी गरेको स्रोतले बताएको छ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। स्रोतका अनुसार दाहाललाई फिर्ता बोलाउने निर्णयसहितको पत्र अष्ट्रेलियास्थित नेपाली दूतावास पुगिसकेको छ।
तर, प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डनिकटका नियुक्तिहरूलाई ओलीले उल्ट्याउन थालेको यो पहिलो भने होइन् । यसअघि पनि ओलीले चीनबाट लीलामणि पौडेललाई फिर्ता बोलाएर उनको स्थानमा एमाले नेता महेन्द्रबहादुर पाण्डेलाई नियुक्ति गरेको थियो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी केन्द्रको कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गर्यो। तर, केही विवादमा तानिएका राजदूतलाई भने फिर्ता बोलाइएको छैन। यसले ओलीले प्रचण्डसँग बदला लिनकै लागि प्रचण्डको कोटाबाट नियुक्त भएकाहरुलाई फिर्ता बोलाएका हुन्।
तर,पटक-पटक विवादमा आएका ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानकी राजदूत प्रतिभा राणालाई भने सरकारले थमौतीमा राखेको छ। ढकाल कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकट हुन् भने राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन्।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend