Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यौनजन्य हिंसा गरेको आरोपमा दलित आयोगका उपाध्यक्षविरुद्ध जसपा नेतृले गरिन् प्रहरीमा उजुरी


    मंगलबार, बैशाख २१ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रदेश नम्बर २ का दलित आयोगका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध यौनजन्य हिंसा गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) की नेतृले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।

    उपाध्यक्ष रामप्रवेश बैठा र जसपा नेपालकी प्रदेश नम्बर २ की प्रदेश सदस्य ललिता दासबीच फेसबुक म्यासेन्जरबाट सुरु भएको विवाद अहिले प्रहरी कार्यालयसम्म पुगेको छ ।

    बैशाख ९ गते सिराहास्थित ईलाका प्रहरी कार्यालयमा उजुरी दिएकी बैठाले आफ्नो चरित्रहत्या हुने गरी च्याटमार्फत अपशब्द प्रयोग गरेको भन्दै आरोपित पक्राउ गर्न ललिताले माग गरेकी छिन् ।

    बैठासँग आफ्नो पुरानो चिनजान रहेकाले कुराकानी हुने गरेकोमा चैत ९ गते राति ११ बजे सपथ ग्रहणमा आउन म्याजेन्जरबाट आमन्त्रण गरेको ललिताले उजुरीमा उल्लेख गरेकी छिन् । त्यसक्रममा म्यासेज पठाएर अनुचित आग्रह गरेको र आफूले अस्वीकार गर्दा गाली गलौच गरेको ललिताले आरोप लगाएकी छिन् ।।

    उपाध्यक्ष बैठाले फेसबुक म्यासेन्जरमा भएको कुराकानीका क्रममा आफूले ललितालाई गालीगलौज गरेको स्वीकार गरेका छन् । तर, आफूले उनलाई कुनै पनि किसिमको गलत प्रस्ताव नगरेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार