Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्वारा गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त


    सोमबार, बैशाख २० २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

    सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

    गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त पदमुक्त भएपछि राष्ट्रपतिले पौडेल र यादवलाई नियुक्त गरेकी हुन्।

    यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार