Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल समूहका थप तीन सांसदलाई म्यासेन्जरबाटै स्पष्टीकरण


    सोमबार, बैशाख २० २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् ।

    उनले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । 

    यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

    कोरोना महामारी भएकाले भौतिक रुपमा पत्र पठाउन सम्भव नभएकाले मेसेञ्जरकाे माध्यमबाट स्पष्टीकरण सोधिएको स्राेतले बताएकाे छ । तीनै जनाले जवाफ समेत दिइसकेको र सकारात्मक रुपमा स्पष्टीकरण आएको स्राेत भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार