Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले संसदीय दलमै प्रतिबद्ध रहने भन्दै लुम्बिनीका दुई सांसद पार्टीमै फर्किए


    सोमबार, बैशाख २० २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशका दुई जना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन्।

    सोमबार एक संयुक्त विज्ञप्ति निकाल्दैं  कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहेर मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्ने प्रष्ट पारेका हुन्।

    यसअघि आइतबार यी दुई जना सांसदले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने बताएका थिए। यी दुबैले सूर्य चिन्ह लिएर चुनाव लडेका थिए।

    उनले आफूहरूले एमाले संसदीय दलको बैठकमा सहभागिता जनाउने गरेको भए पनि सधैँ माइन्यूटमा स्वतन्त्र राजनीतिक  समूह उल्लेख गर्ने गरेको बताएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार