Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्यटन मन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण, संक्रमित ३ मन्त्री उपचार गर्दै


    आइतबार, बैशाख १९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

    मन्त्री ढकालले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सन्जालमा लेखेका छन ।

    ढकालले लेखेका छन्- आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।

    यसैबिच उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणिचन्द्र थापा पनि कोभिड १९ संक्रमित भएर उपचारारत छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार