Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै : आन्तरिक तथा बाह्य उडान समेत बन्द हुने !


    आइतबार, बैशाख १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार स्रोतले बताएको छ। 

    स्रोतका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन तर नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बुझिन्छ ।

    यसअघि मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

    कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद्  बैठकले पारित गर्ने छ । सीसीएमसीले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

    सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण डढेलो सरी फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडानसमेत बन्द गर्न सिफारिस गरेको छ भने निषेधाज्ञालाई थप कडा गर्ने निर्णय पनि गरेको छ ।

    सीसीएमसीको बैठकले कोरोना अतिप्रभावित मुलुकहरु भारत, बेलायतसहित१० मुलुकबाट नेपालमा हुने उडानलाई रोक लगाउन सिफारिस गरेको हो । तर, ट्रान्जिट हुँदै आउने विमान भने नरोकिने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार