Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद : नेता पुन


    शनिबार, बैशाख १८ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले दिएको अभिव्यक्तिले सर्बसाधाासणमा त्रास फैलाएको बताएका छन् ।  सरकार कोरोना रोकथामा  नलागेको  उनको आरोप छ ।

     आज (शनिबार ) पूर्व ऊर्जामन्त्री समेत रहेका नेता पुनले सञ्चारकर्मीसँग कुरा गर्दै  सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने  गरेको र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा भएको आरोप लगाएका छन् ।

    नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए ।

    सरकारले अन्य राजनीतिक दल र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जबरजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै उनले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग समेत गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार