काठमाडौं । एमालेपछि जनता समाजवादी पार्टी पनि आन्तरिक कलहमा फसेको छ । जनता समाजवादी पार्टी(जसपा) को बहुमतले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेसँगै उक्त पार्टीमा चर्को विवाद उत्पन्न भएको छ । सत्ता समीकरणमा निर्णायक जसपाका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोले अर्का अध्यक्ष उपेन्द्र यादवले माइन्यूट घरमै लगेर बैठक नै नबसी एक एकलाई हस्ताक्षर गराई कार्यकारिणी समितिको बैठकले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको आरोप लगाएको छ । र, उक्त निर्णय स्वीकार गर्न नसकिने बताउँदैआएको छ ।
तर अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरु भने कार्यकारिणी समितिको बहुमतले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको बताउँदैआएका छन् ।
प्रधानमन्त्री केपी ओलीकै सरकारमा जाने पक्षमा ठाकुर र महतो छन्. भने ओली मधेश बिरोधी भएकाले उनी जस्ता प्रतिगमनकारीसँग सरकारमा जानै नसकिने पक्षमा यादव र डा. भट्टराई छन् । यो लडाईमा उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई पूर्व राजपाका नेता महेन्द्र यादवले पनि साथ दिएका छन् । जसका कारण कार्यकारिणी समितिमा उपेन्द्र यादवहरुको बहुमत देखिएको छ । ३२ सांसदमध्ये १८ जनाले उपेन्द्रकै पक्षमा हस्ताक्षर गरिसकेका छन् ।
पछिल्लो समय पार्टीमा अध्यक्षद्धय ठाकुर र यादवबीच बोलचाल नै बन्द भएको छ । जसपा फुट्न नदिन दोस्रो पुस्ताका युवानेताहरुले दुई अध्यक्षबीच सम्वाद गराउने प्रयास गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend