Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीविरूद्ध अविश्वासको प्रस्ताव नआउने, जसपाले दियाे साथ


    बुधबार, बैशाख १५ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव नआउने भएकाे छ ।

    जनता समाजवादी पार्टीको साथ पाएपछि ओलीविरूद्ध अविश्वासको प्रस्ताव नआउने भएकाे हाे । उनले जसपाको कतिपय माग सम्बोधन गरेर साथमा ल्याएका हुन् ।

    जसपाका नेता तथा कार्यकर्तामाथि लागेका कतिपय मुद्दा फिर्ता लिने निर्णय गरेर उनले औपचारिक सम्झौताको ढोका उघारेका छन् । १ सय २० जना जसपा नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता भएको छ । 

    जसपासँग सरकारले बुँदागत रुपमा सम्झौता गर्ने तयारी समेत गरेको छ । जसमा नेता तथा कार्यकर्तामाथि लागेको बाँकी मुद्दा फिर्ता लिने, संविधान संशोधनका लागि अध्ययन कमिटी बनाउने, नागरिकतालगायत समस्या समाधान प्राथमिकतामा छन् । सम्झौता भएमा जसपा ओली सरकारमा सहभागी हुने बुझिएको छ ।

    जसपा सरकारमा जाने तयारीसँगै प्रधानमन्त्री ओलीविरुद्ध बन्न लागेको समिकरण बन्न कठिन भएको छ । यसअघि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच समिकरण बनाएर ओलीलाई हटाउने तयारी भएको थियो । जसपाले साथ नदिँदा काँग्रेस अगाडि बढ्न सकेकाे छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार