Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले स्थायी समिति बैठक सम्पन्न, सम्पूर्ण पार्टी कमिटीलाई कोभिड–१९ को लडाइँमा सहभागी हुन अपिल


    बुधबार, बैशाख १५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बुधबार बसेको बैठकले पछिल्लो समयमा बिकसित राजनीतिक परिस्थिति र नयाँ प्रकार (भेरियन्ट) सहितको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न भयावह अवस्थाको बिषयमा गम्भीर छलफल गरेको छ । स्थायी समिति बैठकले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउने नेपाली दिदीवहिनी तथा दाजुभाइहरुप्रति श्रद्धाञ्जली र संक्रमतिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको  छ ।

    स्थायी समिति बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमतिहरुको उपचारका लागि प्रभावकारी रुपमा थप कदम अबिलम्ब चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । संक्रमण तीब्र रुपमा फैलिरहेको र संक्रमितको मृत्यु बढिरहेको अवस्थामा सीमानाकामा आवतजावत र विभिन्न माध्यमबाट नेपाल प्रवेश गरिदा कोरोना महामारीविरुद्ध जारी गरिएका स्वास्थ्य मापदण्ड र प्रोटोकलको पालना नहुँदा थप जोखिम पैदा भएको छ । तसर्थ सिमानामा आवतजावत र विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण, क्वारेन्टिन बसाई र जारी स्वास्थ्य मापदण्डको पालना अनिवार्य रुपमा गराउन सरकारको ध्यानाकर्षण गरेको एमाले प्रचार बिभागका प्रमुख योगेश भट्टराईले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
     
    स्थानीयस्तरमा आइसोलेसन र क्वारेन्टिनको प्रभावकारी व्यवस्थापन नहुँदा कोभिड–१९ को संक्रमण तिव्र रुपमा समुदायस्तरमा फैलिने जोखिम बढेको छ । यो जोखिमलाई मध्यनजर गर्दै तीनै तहका सरकारको सक्रियता र समन्वयमा तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन तीव्रतापूर्वक गर्दै समुदायस्तरमा परीक्षणको दायरा फराकिलो बनाउन बैठकेले माग गरेको छ । 

    बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि खटिएका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ । संक्रमितहरुको उपचारका लागि ‘कोरोना डेडिकेटेड अस्पताल’को थप व्यवस्था गर्दे सम्पूर्ण अस्पतालहरुमा आइसियु, भेन्टिलेटरको व्यवस्थापन, औषधी भण्डारण र अक्सिजन प्लान्ट लगायत सम्पूर्ण स्वास्थ्य सामग्री पयापर््त मात्रामा व्यवस्था गर्न माग गरेको छ ।

    बन्दाबन्दीको अवस्थामा आम सर्वसाधारणहरुलाई आइपर्ने समस्याप्रति गम्भीर रहन र समस्यामा परेकाहरुलाई राहत उपलब्ध गराउन बैठकले माग गरेको छ ।

    बैठकले नेकपा (एमाले) को सम्पूर्ण पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यहरुलाई कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमितहरुको उपचारका लागि तीनै तहका सरकारसँग आवश्यक समन्वय गर्दे सक्रिय रुपमा स्वयंसेवी भूमिकाका साथ कोभिड–१९ को लडाइँमा सहभागी हुन आह्वान गरेको छ । स्थानीयस्तरमा क्वारेन्टिन निर्माण गर्न, क्वारेन्टिन व्यवस्थापन गर्न, स्वास्थ्य मापदण्ड पालनाका लागि अनुगमन, समुदायस्तरमा सचेतना अभियान, संक्रमितहरुको उपचारमा आवश्यक सहयोग लगायतका काममा सक्रिय रहन सम्पूर्ण कमिटी र सदस्यहरुलाई अपिल गरेको छ । 

    एमाले स्थायी समितिको निर्णयः

    press note.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार