काठमाडौं । गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी नेतामा कोरोना संक्रमण भएको छ ।
नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको हाे । रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् ।
नेता भट्टराइले सोमबारको बालुवाटार बैठकमा आफू सहभागी भएको बताए । ‘बैठकमा म पनि सहभागी भएको हुँ तर, पछिल्तिर बसेको थिएँ ।’
रायमाझी र भट्टराइले सोमबार बिहान कोरोनाको पीसीआर परीक्षण गराएका थिए । उनीहरुको सोही दिन साँझ पोजेटिभ रिपोर्ट आएको थियो । रायमाझी वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् भने रिजाल र भट्टराई होम आइसोलेसनमा बसेको उनीहरुले जनाएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend