Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै


    मंगलबार, बैशाख १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज बस्ने स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बुझिएको छ ।

    हिजाे देउवा र दाहालबीचको भेटवार्तामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति भएको थियो ।

    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएपनि अहिलेसम्म फिर्ता लिएको थिएन । तर, आज बस्ने बैठकमा यो विषयमा महत्वपूर्ण निर्णय हुने स्रोतले जनाएको छ ।

    आजै सत्ता समिकरणको निर्णायक जसपाको पनि शीर्ष ६ नेताहरुको बैठक बसेको छ । कांग्रेसले पनि भोलि केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक एकै समयमा हुनुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीको रुपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार