Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘माधव नेपालको राजनीति कुन्ती मोक्तानको धरान-धनकुटा जस्तै’


    मंगलबार, बैशाख १४ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी भित्र असन्तुष्ट रहेका नेता माधव नेपाललगायत नेपाल पक्षका नेताहरुमाथि तीखो व्यंग प्रहार गरेका छन्।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने नेता बाँस्कोटाले सर्वोच्च अदालतमा अध्यक्ष ओलीले गरेको कारवाही रोक्न माग गरेकोमा आपत्ति जनाउदै आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको भन्ने नेता नेपाल अदालत धाएको हेर्दा अचम्ममा परेको बताएका छन्।

    नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् कानुनका नौ सिङ वाला पो लाग्यो भन्दै नेपालको तन एमालेतिर र मन प्रचण्डतिर भएको आरोप लगाएका छन्। ट्वीटरमा उनले नेपालको राजनीति कुन्ती मोक्तानको गीत धरान धनकुटा जस्तै भएको उल्लेख गरेका छन्।

    उनले लेखेका छन्, ‘कमरेड नेपाल आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो।कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति । कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही।कठिन छ,तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार