Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजबाट छलफल सुरू, फ्लोर क्रसको सम्भावना


    मंगलबार, बैशाख १४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल हुँदैछ ।

    उनीविरुद्ध अविश्वासको प्रस्तावको टुंगो भोलिभित्र लगाउनुपर्नेछ । गुरुङ्गको पक्षधर र विरोधी दुवै समूह आफ्नो पक्षमा पल्लाभारी बनाउन सक्रिय भएका छन् ।

    गण्डकी प्रदेशमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र एक भएपनि अविश्वासको प्रस्ताव पारित हुँदैन । काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा गुरुङ्गको सरकार ढल्छ । तर, फ्लोर क्रसको सम्भावना माओवादी र जनमोर्चामा पनि देखिएको छ ।

    जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदले अविश्वासको प्रस्तावको पक्षमा मत दिने सम्भावना छ । माओवादी र जनमोर्चाबाट फ्लोर क्रस भएमा एमालेबाट पनि फ्लोर क्रस हुनसक्ने सम्भावना उत्तिकै छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार