Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफ्नाे माग पुरा नभएसम्म कुनै निर्णय नलिने जसपाकाे अडान


    बिहिबार, बैशाख २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टीले गठन गरेको कार्यदलबीच छलफल भएको छ ।

    छलफलमा जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको थियो ।

    जसपा नेपालले बुझाएको फाइलको गृहमन्त्रालयले अध्ययन थालेको र चाँडै नै जिल्ला जिल्लामा सर्कुलर पठाएर बन्दी रिहाइको प्रकृया थाल्ने स्राेतले बताएकाे छ ।

    सरकारले मुद्दा फिर्ता र बन्दी रिहाइको प्रकृया अगाडि बढेपनि काम नभएसम्म आफूहरु ढुक्क हुने अवस्था नरहेको जसपाले बताएकाे छ ।

    प्रधानमन्त्री अ‍ोलीले सरकारलाई समर्थन गर्न, सरकारमा आउन सधै आग्रह गर्दै आए पनि जसपाले आफ्नाे माग पुरा भएपछि मात्र त्यसको बारेमा निर्णय लिने बताएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार