Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्तमान निर्वाचन प्रणाली दलाल पुँजीवादी भएकाे गोपाल किराँती टिप्पणी


    बिहिबार, बैशाख २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । नेकपा (माओवादी) अध्यक्ष गोपाल किराँतीले नेपालको निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने टिप्पणी गरेका छन् ।

    विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले वर्तमान निर्वाचन प्रणाली दलाल पुँजीवादी भएकाे टिप्पणी गर्दै खर्चिलो भएकाले परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले भने यसलाई खारेज गरेर समाजवादी निर्वाचन प्रणाली लागू गर्नु पर्छ ।’

    निर्वाचन प्रणाली महङ्गो भएको बताउँदै उनले बैदेशिक ऋणले नेपाललाई खोक्रो बनाएको बताए । ऋणले लोभले करप्सन बढाएको बताउँदै उनले आफ्नो पार्टी नेतृत्वमा आए विदेशी ऋण खारेज गरिने बताए ।आफू सरकारमा गएकाे खण्डमा सम्पूर्ण वैदेशिक ऋण खारेज गर्ने र विकासका लागि स्थानीय तहलाई सशक्त बनाउनुपर्ने उनकाे भनाइ थियाे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार