Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार र माओवादीबीच अझै पनि साँठगाँठ छ : शेखर कोइराला


    बिहिबार, बैशाख २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बिराटनगर। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार र माओवादीबीच अझै पनि साँठगाँठ रहेको आशंका गरेका छन् । 

    हिजो विराटनगरमा बरगाछी युवा समूहद्वारा आयोजित गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा कोइरालाले सरकार र माओवादीबीच अझै पनि साँठगाँठ रहेको आशंका गर्ने स्थिति देखिएको बताएका हुन्।  

    सरकार संसद्लाई बिजनेस नदिने र सभामुख पनि बहाना देखाएर संसद् अघि बढाउन नचाहने पवृत्तिले सरकार र माओवादीबीच भित्री साँठगाँठ छैन भनेर भन्न सकिने अवस्था नरहेको कोइरालाले बताए।

    प्रधानमन्त्री र सभामुखले संसद् सञ्चालनमा चासो नै नदेखाएको भन्दै कोइरालाले सरकारले बिजनेस नदिँदैमा संसद्को सबै काम नरोकिने ठोकुवा गरे। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार