Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरिरहेको छ: नेता सिंह


    बुधबार, बैशाख १ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

    बुधबार चितवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेकाले संघीयता जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन् ।

    उनले समृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सीमित रहेको दाबी गर्दै देशमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने भएकाे बताए ।

    यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउदै संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निर्माणमा अग्रसर भएको उनले बताए । 

    नयाँ वर्षमा मजबुत र विधिसम्मत चल्ने जनताको प्रिय पार्टी बनाउन सद्बुद्धि आओस् भनेर उनले कामना पनि गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार